भिजाएको चना खानुस् मिल्छ फाइदै फाइदा

शिक्षा/स्वास्थ्य

स्वस्थ जीवनका लागि हामीले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । किनकी हरेक रोगको जड खानेकुरासँग जोडिएको हुन्छ । के खाँदा शरीरलाई फाइदा हुन्छ यसबारे सदैब सचेत रहनुपर्छ ।

पोषणको मामिलामा चना निकै उपयुक्त विकल्प हो । चनामा प्रोटिन, फाइबर, लवण तथा भिटामिनहरु प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्धत गर्नुका साथै विभिन्न रोगहरुबाट पनि बचाउँदछ ।

उसो त चना हरेक उमेर तथा लिंगका मानिसहरुका लागि लाभायक हुन्छ । त्यसमा पनि पुरुषहरुका लागि हरेक दिन बिहान भिजेको चना खानु निकै महत्वपूर्ण तथा लाभदायक मानिन्छ । हरेक बिहान भिजेको चना चपाउनुका फाइदा यी हुन् :-

  • भिजाएको चना उर्जाको ठूलो श्रोत हो, जसको नियमित सेवनले कमजोरीबाट मुक्ति पाइन्छ ।
  • भिजाएको चनामा धेरै फाइबर पाइन्छ । यसले पाचन क्रियालाई सन्तुलित पार्दछ र कब्जियत पनि हटाउँदछ ।
  • हरेक दिन बिहान कम्तिमा १ मुठी भिजेको चना खाने गर्नुस् । यसले प्रजनन क्षमता तथा शुक्रकिटको गुणस्तर तथा संख्या बढाउँदछ । भिजेको चनालाई महमा मिलाएर खानाले प्रजनन शक्ति तथा यौन क्षमता पनि बढाउँदछ ।
  • पटक पटक पिसाब गइरहनुपर्ने तथा पाइल्सको समस्या छ भने नियमित रुपमा रहेक बिहान भिजेको चना खाने गर्नुस् ।
  • छालालाई स्वस्थ राख्नका लागि तथा चिलाउने, दाद, धब्बा जस्ता समस्या कम गर्नका लागि पनि नियमित रुपमा भिजेको चना खाने गर्नाले फाइदा पुग्दछ ।
  • शरीरको वजन वृद्धि गर्न, मांशपेशी बढाउन तथा ससक्त बनाउन पनि चनाको नियमित सेवन गर्नुपर्दछ ।
  • भिजेको चनाको नियमित सेवनले सरीरमा रोगप्रतिरोधी क्षमता बढाउनुका साथै रुघाखोकीको समस्या पनि कम गर्दछ ।
  • चनामा पर्याप्त मात्रामा फस्फोरस लवण पाइन्छ जसले हेमोग्लोबिनको मात्रा बढाउँदछ साथै मृगौलालाई समेत स्वस्थ राख्न सहयोग गर्दछ ।
  • रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गरी मुटुलाई स्वस्थ राख्न तथा मुटु र रगत सम्बन्धी समस्याबाट जोगाउन पनि चनाले सहयोग गर्दछ ।
  • भिजाएको चना नियमित खानाले शरीरमा मेटाबोलिज्म अर्थात् उर्जाको दहन तिब्र बन्दछ । जसका कारण रगतमा चिनीको मात्रा नियन्त्रण हुने र मधुमेहबाट जोगिन सहयोग पुग्दछ ।
  • चना आइरनको राम्रो श्रोत हो । भिजाएको चना नियमित रुपमा खानाले रक्तअल्पताको समस्याबाट बच्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *