सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित

सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय […]

पुरा पढ्नुहोस

युवा नेतृत्व उपसभामुख हुँदा तपाई हाम्रो लागि राम्रै हुन्छ : सोविता गौतम

सत्ता गठबनधका तर्फबाट प्रतिनिधि सभातर्फको उपसभामुखमा उम्मेदवार दिन लागेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफ्नो विजय सुनिश्चित भएको बताएकी छिन्। विहिबार साँझ  कुरा गर्दै उनले भनिन्, ‘ युवाहरू नेतृत्वमा आएका छौँ। उपसभामुख हुँदा तपाई हाम्रो लागि राम्रै हुन्छ।’ सांसद गौतमले उपसभामुखको निवार्चनमा नेपाली काँग्रेसले पनि आफूलाई नै समर्थन गर्ने दाबी गर्दै भनिन्, ‘हाम्रो नै […]

पुरा पढ्नुहोस

तारकेश्वर गाउँपालिकाको भवन १० करोडमा बन्दै

तारकेश्वर गाउँपालिकाको कार्यालय भवन अहिले धमाधम निर्माण भइरहेको छ। गाउँपालिकाको बहुवर्षीय योजना अन्तर्गत १० करोड ५० लाख रुपैयाको लागतमा भवनको निर्माण भइरहेको पालिकाकाले जनाएको छ। लिफ्टसहितको दुई तल्ले भवन २२ कोठे हुने गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बताए। दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उनले बताए। भवन बनेपछि स्थानीयको सेवा प्रवाहमा सहज हुने अपेक्षा […]

पुरा पढ्नुहोस

अस्पतालले मृत घोषणा गरेको शिशु जीवित!

डाक्टरले नवजात शिशुलाई मृत घोषित गरेपछि घरपरिवारमा रुवाबासी त हुने नै भयो शिशुको आमाको हालत कल्पना बाहिरको स्थितिमा रहेको थियो। बुधबार कोसी अस्पतालको आकस्मिक कक्षका डाक्टर आकाश यादवले बिरामी शिशुलाई मृत घोषित गरेपछि शिशुको परिवारमा ठुलो कोलाहल मच्चियो। १८ दिनको शिशुले कुनै चाल नदिएपछि बुधबार बिहान विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न शिशुकी आमा […]

पुरा पढ्नुहोस

पाइलट केसीको अर्धकदको सालिक निर्माण गरिने

कास्कीको रुपा गाउँपालिकाले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसीको अर्धकदको सालिक निर्माण गर्ने भएको छ । गाउँपालिका बैठकले केसीको स्मरणमा सालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका सबैको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । स्व. केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी थिए । गाउँपालिकाकै […]

पुरा पढ्नुहोस

माया खोला हाइड्रोपावरले माघ १३ देखि आईपीओ निष्कासन गर्ने

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले १३ माघदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले अहिले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। […]

पुरा पढ्नुहोस

विमानस्थलको एलिभेटरमा अड्किएर लडेपछि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको एलिभेटर अड्किएर आफू र छोरी लडेपछि अभिनेत्री तथा टीभी पर्सनालिटी उषा रजकले टिकटकमा पोस्ट गरेको भिडियो अहिले भाइरल बनेको छ । यो भिडियोले अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु सुरक्षा र सहजतालाई लिएर बहस समेत छेडेको छ । सोमबार मध्यराति उक्त एलिभेटरमा अड्किएर आफू लगायतका केही यात्रु सानो दुर्घटनामा परेको भन्दै उषाले भिडियो पोस्ट […]

पुरा पढ्नुहोस

राष्ट्रपति पद मेरा लागि होइन : डा. रुइत

डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएको बताएका छन् । मंगलबार मात्र बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका रुइतले बुधबार सञ्चारकर्मीहरुसँग सम्वाद गरेका थिए । त्यसक्रममा उनलाई राष्ट्रपति बनाउनुपर्छ भनेर सार्वसाधारणले दिएको प्रतिक्रियाबारे समेत प्रश्न आएको थियो । प्रश्न सुन्नासाथ उनी हाँसे । जवाफमा डा. रुइतले लोकतन्त्रमा राष्ट्रपतिको विश्वसनीयता महत्वपूर्ण हुने बताए । अहिले त्यसको […]

पुरा पढ्नुहोस

बुढानीलकण्ठ नगरपालिका वडा नं ११ बाट लागुऔषध सहित २ जना पक्राउ

बुढानीलकण्ठ नगरपालिका वडा नं ११ कपन गुरुङ्ग टोल नजिकैबाट प्रतिबन्धित लागुऔषध सहित २ जना व्यक्ति पक्राउ परेका छन् । माघ २ गते अन्दाजी करिव ५ बजे प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले शंकाष्पद अवस्थामा मा रामेछाप स्थायी घर भई हाल बुढानीलकण्ठ न.पा. वडा नं.११ कपन गुरुङ्ग टोलमा बस्ने २८ वर्षिय मंजिल राई र अर्का एक […]

पुरा पढ्नुहोस

भगवत् गीतामा अभिनेता विपीन कार्कीको इन्ट्री

नेपाली कथानक चलचित्र ‘भगवत् गीता’मा अभिनेता विपीन कार्की अनुबन्ध भएका छन् । झरना थापाको निर्देशन रहने चलचित्रमा विपीन अनुबन्ध भएका हुन् । “हामीले अन्य केही कलाकारसँग पनि कुरा गरिरहेका थियौँ । तर, त्यसमध्ये राम्रो कलाकार छनोट गर्ने क्रममा विपीन कार्कीलाई आज अनुबन्ध गरेका हौँ,” निर्माता सुनीलकुमार थापाले भने । निर्माण पक्षले सौगात मल्लसँग कुरा गरिरहेको […]

पुरा पढ्नुहोस