एकीकृत समाजवादीले सबै मन्त्री फिर्ता बोलायो, नयाँ मन्त्रीको नाम तय

गिता गौतम काठमाडौं नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई फिर्ता बोलाएको छ । आइतबार बसेको पार्टीको सचिवालय समितिले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । ‘पहिले नै ६/६ महिना मन्त्री बन्ने सहमति भएको थियो । उहाँहरु मन्त्री बनेको ६ महिना भइसक्यो । त्यसैले सधन्यवाद फिर्ता बोलाउने निर्णय गरियो’ उनले भने […]

पुरा पढ्नुहोस

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश- जिल्ला अदालतकै आदेश सदर

उच्च अदालत, पोखराले पल शाहलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई सदर गरेको छ । तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसविरुद्ध शाह उच्च उदालत, पोखरामा गएका थिए । बिहीबारन्यायाधीश उज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको इजलासले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको […]

पुरा पढ्नुहोस

बाणगंगा नगरपालिकामा स्वास्थ्य संस्था, विद्यालय र कार्यालय आइतबार पनि खुल्‍ने

कपिलवस्तुको बाणगंगा नगरपालिकाले विद्यालय, नगरपालिका मातहतका कार्यालय र स्वास्थ्य संस्था आइतबार बन्द नगर्ने निर्णय गरेको छ । नगरपालिका र सरोकारवालाबीच बिहीबार भएको वैठकमा आइतबार कार्यालय बन्द गर्दा विद्यार्थीको पढाई प्रभावित हुने तथा सेवाग्राही र विरामी मर्कामा पर्ने भएकाले विद्यालय, कार्यालय र स्वास्थ्य संस्था बन्द नगर्ने निर्णय भएको हो । नगरपालिकाभित्रका सामुदायिक र सरकारी विद्यालय, नगरपालिका […]

पुरा पढ्नुहोस

मोटरसाइकल चोरीको आरोपमा ८ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरी गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । झापाको अनारमनी क्षेत्रबाट तीन महिनादेखि विभिन्‍न मिति र समयमा मोटरसाइकल चोरीको घटना बढ्‍दै गएको उजुरी परेपछि इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला प्रहरी कार्यालय भद्रपुर झापाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको टिकुली नगरपालिका-५ घर भएका २७ […]

पुरा पढ्नुहोस

सम्पर्क विहीन विमान लेते नजिक दुर्घटना-उद्दारका लागी सेनाका जर्नेल सहितको टोली मुस्ताङको लेतेतर्फ

तारा एयरको विमान मुस्ताङकाे लाजुङको खोचमा दुर्घटना अवस्थामा भेटिएको छ। घाँसाभन्दा माथि लेते र त्यसमाथि लाजुङ भन्ने ठाउँमा विमान दुर्घटना भएको भेटिएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले जानकारी दिए। उनले उडान भएको १८ मिनेटपछि जहाज सम्पर्कविहीन भएको बताए। पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज दुर्घटनामा […]

पुरा पढ्नुहोस

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बाेलेन) निर्वाचित

२०७४ सालमा स्थानीय तह निर्वाचन हुँदा काठमाडौं महानगरका मतदाता बालेन (बालेन्द्र) साहले भोट हालेनन् । उनको भनाइमा त्यतिवेला उठेका उम्मेदवारहरूप्रति उनलाई भरोसा थिएन । त्यसैले उनले ३१ वैशाख २०७४ मा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस नै लेखेका थिए, ‘म अर्कोचोटि भोट हाल्नेछु र आफैंलाई हाल्नेछु, देश कसरी विकास गर्ने मलाई थाहा छ ।’ सिभिल इञ्जिनियरिङमा स्नातक […]

पुरा पढ्नुहोस

जित सुनिश्चित भएपछि बालेनले भने – विजयी जुलुस नगरौं, आफू रहेकै ठाउँमा धन्यवाद र्‍याली गरौं

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जित–हारको रुपमा नहेर्न अपील गरेका छन् । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन अपील गरेका हुन् ।   ‘जित-हारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुराहरू लागु गर्न […]

पुरा पढ्नुहोस

भरतपुरको मेयरमा रेनु दाहाल भारी मत अन्तरले विजयी

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी भएकी छन् । उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् । माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् । यसपटक पनि उनले एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतले […]

पुरा पढ्नुहोस

मतदानका दिन सार्वजनिक सवारी नचल्ने, उक्त दिन सवारीसाधन गुडाउनेले अनुमति कसरी लिने ?

३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ भने सार्वजनिक यातायात पनि चल्दैन । यस्तो बेला अत्यावश्यक सेवाका सवारीसाधन कसरी चल्छन् ? निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९’ स्वीकृत गरेको छ । आयोगका अनुसार काम विशेषले सञ्चालन गर्नुपर्ने सवारीले अनिवार्य रूपमा […]

पुरा पढ्नुहोस

मतदान केन्द्र भएका विद्यालयमा तीन दिन वैकल्पिक विधिबाट पढाउन निर्देशन

स्थानीय तहको निर्वाचनका लागि मतदानस्थल भएका विद्यालयले तीन दिन वैकल्पिक विधिबाट पढाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । शिक्षा मन्त्रालयको पत्रानुसार केन्द्रले ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २८ गतेदेखि ३० गते सम्म मतदान केन्द्र भएको विद्यालयमा वैकल्पिक विधिबाट पढाउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको हो । […]

पुरा पढ्नुहोस