अमेरिकामा बाढी, एकै परिवारका चार बच्चासहित २५ जनाको मृत्यु

अन्तर्राष्ट्रीय

अमेरिकाको दक्षिण-पूर्वी क्षेत्रमा अवस्थित केन्टकी राज्यमा अविरल वर्षापछि आएको बाढीमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । बाढीमा परी ज्यान गुमाउनेमा एकै परिवारका चार बच्चा पनि रहेका छन् ।

केन्टकीका गभर्नर एन्टी बेसियरले भने, ‘मृत्यु हुनेको संख्या बढ्न सक्छ ।’ बर्षाका कारण विद्युत आपूर्ति बन्द भएको छ । कम्तिमा २५ हजार घरमा विद्युत अवरुद्ध भएको छ । बाढी प्रभावित स्थानहरूमा संकटकाल घोषणा गरिएको छ ।

प्रशासन उद्धारमा जुटिरहेको गभर्नर बेसियरको भनाई उद्धृत गर्दै अन्तरर्राष्ट्रिय सञ्चार माध्यमहरूले खबर लेखेका छन् । जलवायु परिवर्तनका कारण अमेरिकाको पश्चिमी क्षेत्रमा भीषण गर्मी र सुख्खापन बढेको छ । उता, दक्षिण-पूर्वी क्षेत्रमा भने अविरल बर्षाका कारण बाढी आइरहेको छ ।

स्थानीय प्रशासनले नेशनल गार्डको सहायतामा करिब ५० हेलिकप्टर र १०० डुंगाको सहायतामा उद्धार गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *