आइडिमिया कम्पनीका उच्च तहका प्राविधिक टोली नेपालमा

राष्ट्रिय समाचार सूचना प्रविधि

त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गर्दै सेवा रोकेको छ । राहदानी विभागको सफ्टवेयरमा देखिएको समस्या समाधानका लागि यसको व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाग्राहीलाई लाइनमा राखेर दुख दिने विभागीय अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएकै दिन विभागले सफ्टवेयरमा समस्या देखिएको भन्दै सेवा रोकेको थियो ।

त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि अन्तर्राष्ट्रिय कम्पनी आइडिमियाले आफ्ना विशेषज्ञ टोली पठाएको हो ।टोलीले सफ्टवेयरमा देखिएको समस्या पहिचान गर्ने र यसलाई सुधार्ने विश्वास गरिएको छ ।

प्रधानमन्त्री कार्यालयको प्राविधिक टोली र विभागकै प्राविधिकले पनि समस्याको बारेमा अध्ययन गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तत्काल देखिएको प्राविधिक समस्या हल गर्ने र लामो लाइनमा बस्नु नपर्ने गरी छिटो-छरितो रुपमा राहदानी सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्रीले यसअघि नै निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *