आज अक्षय तृतीया , के छ आजको दिनको महत्त्व !

धर्म -संस्कृति

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । आज जौको सातु र सर्बत खाएर अक्षय तृतीया मनाइँदै छ ।

उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहार भएकाले पनि जौको सातु र सर्वत पानी खानु स्वास्थ्यको दृस्ठिकोण बाट निकै उपकरी मानिन्छ ।

यो पर्व हिन्दु सम्प्रदायका मानिसहरूको लागि अरू पर्वभन्दा विशेष छ । यो दिन प्राचीन कालदेखि नै अनेक किसिमका विशेष कार्यहरू भएका छन् । त्यसैले यसलाई विशेष दिनको रुपमा मान्न थालिएको हो ।वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको, यही दिन भगवान परशुराम अवतारको जन्म भएको , र यसै दिन शिव–पार्वतीको विवाह पनि भएको थियो भनेर विभिन्न धार्मिक ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । त्यसैले यस दिन गरेको स्नान, दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।

ज्योतिष शास्त्रका अनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आ-आफ्ना उच्च राशिमा रहन्छन् । यो दिन स्वयंसिद्ध मुहूर्त भएकाले आजको दिन पञ्चांग नहेरी कुनै पनि शुभकार्य गर्न सकिन्छ । विवाह, गृहप्रवेश, पदभार ग्रहण, सुन खरिद, नयाँ सामान खरिद, सवारी साधन खरिद, भूमि पूजा तथा नयाँ व्यापारका लागि यस दिन अति उत्तम हुने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *