आज सोह्रश्राद्धकोअन्तिम दिन, भोलिदेखि बडादसैँ सुरु हुँदै

धर्म -संस्कृति

पितृपक्ष अर्थात सोह्रश्राद्ध आजदेखि सकिएको छ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएर आश्विन शुक्ल प्रतिपदासम्म १६ दिन दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरेसँगै आजदेखि सोह्रश्राद्ध सकिएको हो ।

सोह्रश्राद्धको अन्तिम दिन आज तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्रश्राद्धको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ । आजको दिन पशुपति, वराहक्षेत्र, जनकपुर, मुक्तिनाथ, दामोदर कुण्ड, रिँढी, देवघाट लगायत देशका अन्य पितृ धर्मस्थलहरूमा गएर श्राद्ध गर्ने चलन छ ।

चाड पर्व, यज्ञ तथा ठूला कार्य गर्नुभन्दा पहिले पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ । सोह्रश्राद्ध सकिएसँगै भोलिदेखि बडादसैँको नौरथा सुरु हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *