कांग्रेस टोखा नगर सभापतिमा ओम कृष्ण बिमली

स्थानीय

नेपाली कांग्रेस टोखा नगर सभापतिमा ओम कृष्ण बिमली बिजय भएका छन । उनी ११ मतअन्तरले बिजयी भएका हुन । यस्तै उपसभापति श्री मन राज अधिकारी र ऋषिराम अर्याल, सचिव नरेन्द्र बाँनिया, द्वारिका कुईकेल, सहसचिव बिजेन्द्र श्रेष्ठ र सिता प्रजापति रहेका छन ।

सामुदायिक सेवा केन्द्र गोङ्गबु का महासचिव समेत रहेका बिमली सामाजीक कार्यमा समेत सक्रिय रहेका छन ।

काठमाडौं जिल्लाका एक महानगरपालिका र ९ नगरपालिकामा शनिबार अधिवेशन भएको हो । अधिकांश पालिकामा निर्वाचनबाटै नेतृत्व चयन भएका छन् । दक्षिणकाली नगरपालिकाको एउटा वडामा अधिवेशन नभएका कारण शनिबार पालिका अधिवेशन हुन नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *