काठमाडौंको सामाखुशीमा आगलागी

समाचार स्थानीय

काठमाडौं,सामाखुशी चोकबाट ग्राण्डी अस्पताल जाने सडक नजिक एक घरमा आगलागी भएको छ ।

शुक्रबार साँझ आगलागी भएपछि नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले  बताए ।

मैनालीका अनुसार आगो नियन्त्रणका लागि काठमाडौं महानगर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको दमकल पुगेको छ । प्रहरीको वाटर क्यानन पनि त्यहाँ लगिएको छ । आगलागीको कारण अहिले सम्म खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *