काठमाडौंमा भारी वर्षा, नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

राष्ट्रिय

काठमाडौं उपत्यका लगायत देशभरि नदीहरूमा जल सतह बढ्दो क्रममा रहेको छ ।

काठमाडौं उपत्यकाको बुढानीलकण्ठ, झोर, साङ्ला, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षाका कारण नदीहरूको जल सतह बढिरहेको छ ।

भारी वर्षापछि साङ्लेखोला,  विष्णुमती, धोविखोला, मनोहरा, वागमती  लगायतमा जल सतह सतर्कता तहमा पुगेकोले नदी तटीय क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *