काठमाडौं महानगरपालिकाले निकाल्यो छात्रवृत्ति नदिने निजी विद्यालयको सूची,अनुमति रद्द गर्ने चेतावनी

राष्ट्रिय शिक्षा/स्वास्थ्य

२३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको वितरण पेस गर्न संस्थागत विद्यालयलाई ताकेता गरेको छ ।

पहिलो पटक सूचना हुँदा विवरण पेस नगर्ने विद्यालयलाई महानगरपालिकाले दोस्रो पटक सूचना जारी गर्दै ताकेता गरेको हो ।

महानगरपालिकाले पहिलो पटक यही जेठ १० गते सूचना जारी गरी विवरण पेस गर्न निर्देशन दिएको थियो । तर, ३४२ विद्यालयले तोकिएको समयभित्र विवरण पेस नगरेकोले महानगरपालिकाले पुन: सूचना जारी गर्दै यही जेठ २८ गतेभित्र विवरण पेस गर्न निर्देशन दिएको हो ।

यदि २८ गतेभित्र पनि विवरण पेस नभए विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति नै रद्द गरिदिने महानगरपालिकाले चेतावनी दिएको छ ।

विद्यालयको सूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *