काराबाओ कपको अन्तिम आठमा युनाइटेड र सिटी

खेलकुद

ब्राइटनलाई हराउँदै म्यान्चेस्टर युनाइटेड काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।खेल सकिएपछि पाएको पेनाल्टीको मद्दतले युनाइटेडले ब्राइटनलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । बुधबारको खेलमा भने युनाइटेड ३–० गोल अन्तरले विजयी बन्यो ।युनाइटेडको जीतमा स्कट म्याक टोमिनी, हुवान माटा र पाउल पोग्बाले एक–एक गोल गरे ।

उता, म्यान्चेस्टर सिटीले पनि बर्नलीलाई समान ३–० गोलले अन्तरले हराउँदै प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । सिटीलाई जीत दिलाउन राहिम स्टर्लिङले २ तथा फेरान टोरेसले एक गोल गरे ।त्यस्तै, डोमिनिक काल्भर्ट लेविनले सिजनको दोस्रो ह्याट्रिक गरेपछि एभर्टनले वेस्ट ह्यामलाई ४–१ गोलअन्तरले हरायो । जीतसँगै एभर्टन पनि प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार लिभरपुल र आर्सनलको खेलपछि क्वार्टरफाइनलको ड्र सार्वजनिक गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *