कोरोना परीक्षण सबै सरकारी ल्याबमा पैसा तिरेर गर्न पाइने

राष्ट्रिय


अब सरकारी प्रयोगशालाहरुले पनि सःशुल्क कोरोना परीक्षण गर्न पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी ल्याबले सरकारी मापदण्डमा नपरेकाहरुसँग शुल्क लिएर परीक्षण गर्न पाउने निर्णय गरेको हो । यसका लागि चाहिले भीटीएम, रिएजेन्ट अस्पताल वा ल्याब आफैंले किन्नुपर्नेछ ।
दैनिक परीक्षण गर्ने नमुनाको ५० प्रतिशतसम्म सःशुल्क समावेश गर्न पाइने मन्त्रालयले जनाएको छ । यसअघि तीन वटा सरकारी ल्याबलाई मात्र सःशुल्क टेष्ट गर्ने अनुमति दिइएको थियो भने अरु निजी ल्याबहरुले सशुल्क परीक्षण गर्दै आएका थिए ।
सरकारले सःशुल्क परीक्षणमा ४ हजार रुपैयाँसम्म लिन पाउने भनेर यसअघि नै तोकेको छ । तर केही सरकारी ल्याबले २ हजार २०० रुपैयाँ परीक्षण शुल्क तोकेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *