को-को छन् बागी उम्मेदवार ? (सूचीसहित)

राष्ट्रिय समाचार

काठमाडौँ, १६ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानमा परेका बागी उम्मेदवारहरुले आफ्ना उम्मेदवारी फिर्ता लिएनन् ।

निर्वाचन आयोगको तथ्यांकअनुसार करिब १३ हजार स्वतन्त्र उम्मेदवार बनेका छन् ।

विशेषगरी सत्तारुढ गठबन्धनबाट रुष्ट भएर बागी उम्मेदवारी दिएकाहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् ।

कहाँ-कहाँ को-को छन् त बागी उम्मेदवारहरु ?

चितवन

भरतपुर महानगरपालिका

भरतपुर महानगरको मेयरका रुपमा कांग्रेस नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी कायम राखेका छन् ।

कास्की

पोखरा महानगरपालिका

गठबन्धनले एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको मेयर दिएको भन्दै कांग्रेसका नेता विमल कार्कीले आफ्नो उम्मेदवारी कायम राखेका छन् ।

धनुषा

जनकपुर उपमहानगरपालिका

जनकपुरको मेयर जनता समाजवादी पार्टीलाई दिएको रुष्ट कांग्रेसका नेता मनोज साहले बागी उम्मेदवारी फिर्ता लिएनन् ।

बागलुङ

ताराखोला गाउँपालिका

निवतमान अध्यक्ष एवम माओवादी केन्द्रका नेता प्रकाश घर्तीले ताराखोला गाउँपालिकाका निर्वतमान अध्यक्ष आफ्नो बागी उम्मेदवारी कायमै राखेका छन् ।

गलकोट नगरपालिका

पोखरादेखि हेलिकम्टरमार्फत गलकोट पुगेर कांग्रेस नेतृ मञ्जु शर्मा चालिसेले गलकोट नगरपालिकाको प्रमुखमा दिएको बागी उम्मेदवारी पनि फिर्ता गरेकी छैनन् ।

गठबन्धनबाट कांग्रेसकै भरत शर्मा गैरे नगरप्रमुखका उम्मेदवार छन् ।

काठेखोला गाउँपालिका

गाउँपालिका अध्यक्षमा कांग्रेसबाट यामदत्त कँडेलले बागी उम्मेदवारी दिएका छन् । कांग्रेसकै राजु थापा अध्यक्षका उम्मेदवार छन् ।

तनहुँ

कांग्रेसका महेश्वर भट्टराईले शुक्लगण्डकी नगरपालिकाको प्रमुखमा बागी उम्मेदवारी कायम राखेका छन् ।

त्यस्तै, कांग्रेसबाटै देवघाट गाउँपालिकाको अध्यक्षमा छवीजंग ठकुरीले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् ।

कांग्रेसबाटै रिसिङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका श्रीराम आलेले पनि आफ्नो उम्मेदवारी कायम राखेका छन् ।

त्यसैगरी, कांग्रेसबाटै आबुखैरेनी गाउँपालिकाका उपाध्यक्षमा चिजा श्रेष्ठले स्वतन्त्र उम्मेदवार दिएका छन् ।

पूर्वी नवलपरासी

कांग्रेसका विष्णु ढकालले विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्षमा बागी उम्मेदवारी कायम राखेका छन् ।

स्याङ्जा

कांग्रेसका राजमोका राजेन्द्र गैर वालिङ नगरपालिकाको प्रमुखमा दिएको बागी उम्मेदवारी फिर्ता लिएका छैनन् ।

अर्जुन चौपारी गाउँपालिकाका

एमालेका एकनारायण काफ्लेले गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पर्वत

माओवादी केन्द्रका शालिग्राम शर्माले कुश्मा नगरपालिकाको उपप्रमुखमा बागी उम्मेदवारी दिएका छन् ।

दोलखा

माओवादी केन्द्रका गेल्बु शेर्पा जिरी नगरपालिकाको प्रमुख बागी उम्मेदवार बनेका छन् ।

सिन्धुपाल्चोक

कांग्रेसका नेत्रबहादुर तामाङले बाह्रबिसे नगरपालिकाको उपप्रमुखमा दिएको आफ्नो कायमै राखेका छन् ।

माओवादी केन्द्रका दीपेन्द्रकुमार श्रेष्ठले भोटेकोसी गाउँपालिकको अध्यक्षमा बागी उम्मेदवारी दिएका छन् ।

लमजुङ

कांग्रेसका जीवनकुमार श्रेष्ठले बेँसीसहर नगरपालिकाको उपप्रमुखमा दिएको उम्मेदवारी कायम राखेका छन् ।

त्यस्तै, कांग्रेसबाटै द्वारिकाप्रसाद मिश्रले सुन्दरबजार नगरपालिकको उपप्रमुखमा बागी उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रका भरत पराजुली राइनास नगरपालिको प्रमुखमा बागी उम्मेदवार उठेका छन् । उपप्रमुखमा कांग्रेसका जनकराज न्यौपाने, उपप्रमुखमै कांग्रेसका विष्णुमाया न्यौपाने धितालले बागी उम्मेदवार कायम गरेका छन् ।

त्यस्तै, माओवादी केन्द्रबाट प्रभुराज घिमिरेले मध्यनेपाल नगरपालिका प्रमुखमा, जसपाबाट गेहराज पौडेलले उपप्रमुखमा बागी उम्मेदवारी दिएका छन् ।

त्यस्तै, कांग्रेसबाटै दोर्दी गाउँपालिकाको अध्यक्षमा हरिचन्द्र पण्डित र जसपाका खेमजंग गुरुङले बागी उम्मेदवारको रुपमा उठेका छन् ।

दूधपोखरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका खुशीमान गुरुङको स्वतन्त्र उम्मेदवारी रहेको छ ।

रसुवा

रसुवाको उत्तरगया गाउँपालिकाकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका नेताहरु विजय तामाङ र सिर्जना तामाङको स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

काभ्रे

कांग्रेसका विदुरबहादुर बस्नेत धुलिखेल नगरपालिकाको प्रमुख स्वतन्त्र उम्मेदवार उठेका छन् ।

त्यस्तै, महाभारत गाउँपालिका उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका घनश्याम आलेले उम्मेदवारी दिएका छन् ।

धादिङ

धादिङको नेत्रावती डब्जुङ गाउँपालिकाको अध्यक्षमा एमालेका उत्तम अधिकारी र कांग्रेसका टेकजंग लामाले स्वतन्त्र उम्मेदवारी कायम राखेका छन् ।

त्यस्तै, एमालेका गोकर्ण रुपाखेतीले थाक्रे गाउँपालिकाको अध्यक्षमा, त्यस्तै, एमालेकी नेतृ उर्मिला रेग्मीले उपाध्यक्षमा बागी उम्मेदवारी दिएका छन् ।

कांग्रेसका भवनाथ अधिकारीले नीलकण्ठ नगरपालिकाको प्रमुखमा र कांग्रेसकै कल्पना अधिकारीले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

त्यस्तै, कांग्रेसबाटै ज्वालामुखी गाँउपालिकाको अध्यक्षमा रामप्रसाद श्रेष्ठ, खनियाँबास गाउँपालिकाका अध्यक्षमा फूलबहादुर तामाङ र शेरबहादुर तामाङको स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

हुम्ला

कांग्रेसका दीपबहादुर सिंह सीमकोटको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका छन् ।

रौतहट

कांग्रेसका रामचन्द्र चौधरीले चन्द्रपुर नगरपालिकाको प्रमुखमा बागी उम्मेदवारी फिर्ता लिएनन् ।

सुनसरी

माओवादी केन्द्रबाट बराहक्षेत्र नगरपालिकाको प्रमुखमा रामबहादुर विष्ट, एमालेका राजु अधिकारी र रत्नबहादुर कटवालले उम्मेदवारी फिर्ता लिएका छैनन् ।

ओखलढुंगा

एमालेका सीताराम गुरुङ सिद्धिचरणको नगरपालिकाको प्रमुख स्वतन्त्र उम्मेदवार रहेका छन् ।

त्यस्तै, कांग्रेसबाट राजन सुबेदी लिखु गाउँपालिकाका अध्यक्षमा र उपाध्यक्षमा एमालेकी शुभद्रा कटवाल बागी उम्मेदवार रहेका छन् ।

कांग्रेसबाट खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा महेश कोर्मोचा र एमालेबाट खेम मिश्र चम्पादेवी गाउँपालिकाको अध्यक्षको स्वतन्त्र उम्मेदवार रहेका छन् ।

उदयपुर

एमालेकी भीमकुमारी राउत र राजन सुबेदी, माओवादीका केपी शराब, कांग्रेसका चिनमाया सुनुवार कटारी नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार रहेका छन् । त्यस्तै, उपप्रमुखमा कृष्ण थापा स्वतन्त्र उम्मेदवारी रहेको छ ।

ताप्लेजुङ

माओवादी केन्द्रका जीनकुमार ताम्लिङको सिदिङ्वा गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *