खराब मौसमका कारण पोखरामा हुने सबै उडान रद्द

राष्ट्रिय

प्रतिकूल मौसमका कारण मंगलबार पोखरामा निर्धारित सबै उडान रद्द भएका छन् । मंगलबार पोखराबाट निर्धारित र अन्य गन्तव्यबाट पोखरामा जाने सबै उडान रद्द भएको हो । बुद्ध एयरले मंगलबार पोखरामा निर्धारित सबै उडान प्रतिकूल मौसमका कारण रद्द भएको जानकारी गराएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार पोखरामा उपकरणमा आधारित अवतरण प्रणाली नभएका कारण कम भिजिबिलिटी हुँदा उडान प्रभावित हुने गर्छ । पोखरा बाहेक विमानस्थलमा भने जहाजहरु उडिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *