घरमै आइसोलेसनमा बस्दा श्वास फेर्न गाह्रो भए के गर्ने !

जीवनशैली शिक्षा/स्वास्थ्य

दिन प्रतिदिन कोरोन सन्क्रमितको संख्या बढ्दो छ ।
अस्पतालमा बेड पाउन एकदम मुस्किल छ । अहिलेको अवस्थामा चिकित्सकको सल्लाहमा होम आइसोलेशनमा बस्नु नै राम्रो हुन्छ । तर यसरी होम आइसोलेशनमा बस्दा भने निकै कुरामा ख्याल गर्नु पर्ने हुन्छ ।

  • थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८ देखि ९९ फरेनहाइट सम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला , शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ।
  • पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला । यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फोक्सोको क्षमता बढाउछ। यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ।
  • भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला। आबश्यकता अनुसार पारासिटामोल र कफ सिरप पनि खान सकिन्छ।
  • जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला। अक्सिजनले रोग निको गर्दैन। चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ। अक्सिजन उपचार हैन। धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ।
  • एक रातमै अवस्था क्रिटिकल हुनसक्छ। तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला। अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न कुनै उपचार पाउनुहुन्छ।
  • अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला। प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन। यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ।
  • मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला।
  • घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला। यसपटकको प्रजाति निकै संक्रामक छ।घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला।
  • पानीको बाफ लिनुहोला यस्तो गर्दा आराम हुन्छ।
  • रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ र कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला।
  • हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला।
  • आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला। नआत्तिनुहोला।
  • दिनमा १ र २ पटक मात्र समाचार हेर्नुहोला। सामाजिक संजाल नहेर्नुहोला। अनधिकृत समाचारले तनाव बढाउँछ।
  • अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला । यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ। १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स बोलाई नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला। छातीको एक्स- रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि खानुपर्ने हुन्छ। कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *