जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बाँडफाँड

अर्थ बजार

जाल्पा समुदायिक लघुवित्तको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ ।आइतबार साँझ ५ बजे बिक्री प्रबन्धक प्रभु क्यापिटलले लघुवित्तको आईपीओ बाँडफाँड गरेको हो ।

आइतबार बाँडफाँड भएको आईपीओ ५३ जनामध्ये १ जनाले प्राप्त गरेका छन् । आईपीओमा कुल २७ लाख ९ हजार ८ सय ५५ जनाको आवेदन परेकोमा २५ लाख ९१ हजार ७ सय २ जना आवेदकको आवेदन मात्र स्वीकृत भएको बिक्री प्रबन्धक प्रभु क्यापीटलले जनाएको छ । स्ववीकृत भएको आवेदनमध्ये २५ लाख ८७ हजार ४१२ जना मात्र योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ ।

२५ लाख ८७ हजार ४ सय १२ जना योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई सेयर बाँडफाँड भएको हो । जसमध्ये ४८ हजार ७ सय ९० जनाले १० कित्ताको दरले सेयर प्राप्त गरेको छन् । बाँकी रहेको २५ लाख ३८ हजार ६२२ जना आवेदकलाई भने सेयर परेन ।

कम्पनीले माघ २१ गतेदेखि प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये ८ हजार कित्ता सेयर कम्पनीको कर्माचारीहरूका लागि र २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन खुला गरेको थियो ।कम्पनीको आईपीओको नतिजा जाल्पा सामुदायिक लघुवित्तको वेबसाइट, सीडीएससीको मेरोसेयर वेबसाइट र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ ।

आईपीओको नतिजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *