डिप्रेसनको ‘प्लेटफर्म’ बन्दै सामाजिक सञ्जाल

जीवनशैली

सामाजिक सञ्जालले मानिसको हितभन्दा बढी नोक्सानी सिर्जना गरेको देखिन्छ । हालै भएको एक अध्ययनअनुसार सामाजिक सञ्जाल दिनप्रतिदिन जोखिमयुक्त बन्दै गएको बताइएको छ ।

‘जनरल अफ ग्लोबल इन्फर्मेसन मेनेजमेन्ट’मा प्रकाशित एक शोधका अनुसार सामाजिक सञ्जालले मानसिक मात्र नभई व्यक्तिको शारीरिक स्वास्थ्यमा बाधा पुगेको छ । सन् २००३ देखि २०१८ को बीचमा सामाजिक सञ्जालबारे गरिएका ५० भन्दा बढी सोधलाई आधार मानेर सिड्नीको ‘युनिभर्सिटी अफ टेक्नोलोजी’ले सामाजिक सञ्जालका चार दर्जन बढी असर पत्ता लगाएको हो ।

सोधका अनुसार सामाजिक सञ्जालको दुष्प्रभाव मुख्यगरी ६ प्रकारका हुने गर्छन् । जसमा निजत्वको चिन्ता, सुरक्षा जोखिम, प्रदर्शनीमा कमी वा वृद्धिको चिन्ता, सामाजिक लेनदेन, हैरानी तथा दिक्दारी उत्पन गर्ने विषयवस्तु र साइबर अपराध वा हिंसालाई मुख्य समस्याको रुपमा लिइएको छ ।

१. डिप्रेसनको सबैभन्दा ठूलो प्लेटफर्म

सामाजिक सञ्जालको प्रयोगबाट व्यक्तिको मनोविज्ञानमा प्रभाव पर्ने तथ्यलाई यो अनुसन्धानले विशेष जोड दिएको छ । धेरै मानिसले सामाजिक सञ्जालमा आफूलाई अर्को व्यक्तिसँग तुलना गरेर आफ्नो जिन्दगी ‘पर्फेक्ट’ नभएको गुनासो गर्छन् । यस किसिमका मानिसमा खास एक प्रकारको मानसिक बिरामी ‘सोसल मिडिया एन्जाइटी डिसअर्डर’ हुने गर्दछ । यस प्रकारका प्रयोगकर्ता थाहा पाएर वा नपाइकन डिप्रेसनको शिकार हुन्छन् ।

२. मेटाभर्स : दुनियाँ बदल्ने प्रविधि बन्दै

हालै मात्र फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेर मेटा राखेको छ । मार्क जुकरवर्गको योजनाअनुसार अबको समाजिक सञ्जालमा घरको कामदेखि, जागिर, मनोरञ्जन सबै सुविधा हुनेछ । यस प्रकारको भर्चुअल संसारमा एक व्यक्तिले अर्को व्यक्तिसँग निकै कम मात्र संवाद गर्छ । मानिसले इन्टरनेटलाई नै सजीव संसार ठान्न पुग्दछ र आफ्नो स्क्रिनभित्र प्रवेश गर्दा मात्र आफ्नो संसारमा प्रवेश गरेको ठान्दछ । मेटाभर्स भनिने यस्तो थ्रीडी डिजिटल प्लेटफर्ममा भिडियो कल गरी वा सञ्जालमा जोडिएर घर, कार्यालय वा बजारमा भएजस्तै महसुस गर्न सकिनेछ ।

यसबाट नाटक, संगीत तथा अन्य कार्यक्रममा प्रत्यक्ष जोडिएजस्तै जोडिन मिल्नेछ । मेटाभर्सबाट कुनै पर्यटकीय क्षेत्रको भ्रमण गर्नदेखि सुविधाअनुसारको कलाकृति हेर्न वा देखाउन सकिन्छ ।

३. कहिले हुन्छ सामाजिक सञ्जाल प्लेटफर्मको शुरुवात ?

पहिलो सामाजिक सञ्जाल प्लेटफर्मको रुपमा सन् १९९७ मा डिग्रिज नाम गरेको सञ्जाल संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सञ्चालन गरिएको थियो । एक समय यसको ३५ लाखभन्दा बढी प्रयोगकर्ता थिए । जसको स्थापना एन्ड्रुक विनरिचले गरेका थिए ।

यता २००२ मा भने फ्रेन्डस्टर नाम गरेको सामाजिक सञ्जाल आयो भने २००३ मा लिंक्डइन शुरु भयो । त्यसै वर्ष माइस्पेस र सन् २००४ मा हाइफाइभ नाम गरेको सामाजिक सञ्जाल पनि शुरु भयो । त्यसै वर्ष शुरु भएको फेसबुकले भने सबै मानिसको जीवन बदलिदियो । अहिले संसारमा दुई अर्ब ८५ करोड प्रयागकर्ताले फेसबुक चलाइरहेका छन् ।

४. ह्वाट्सएप भारतमा सबैभन्दा बढी प्रयोग हुने सञ्जाल

तथ्यांकको अनुसार ५४ करोड प्रयोगकर्ताको साथमा ह्वाट्सएप भारतमा प्रयोग हुने सबैभन्दा प्रमुख सामाजिक सञ्जाल बनेको छ । यस्तै प्रयोगकर्ताको आधारमा भारतमा युट्युब दोस्रो र फेसबुक तेस्रो स्थानमा पर्छ । भारतमा युट्युब चलाउने प्रयोगकर्ताको संख्या करिब ४५ करोड रहेको छ जब कि त्यहाँ ४१ करोड मानिसले फेसुबक प्रयोग गर्छन् । पछिल्ला वर्षमा इस्टाग्राम पनि भारतमा लोकप्रिय बनिरहेको छ । त्यहाँ इन्स्टाग्राम प्रयोगकर्ता २१ करोड हाराहारी रहेको तथ्यांक छ ।

५. सामाजिक सञ्जालको लतमा फसेको कसरी थाहा पाउने ?

मनोवैज्ञानिक डा. विनय मिश्रका अनुसार प्रत्येक व्यक्तिको जीवनमा अलगअलग कुराले महत्त्व राखेको हुन्छ । कसैको लागि लेख लेख्ने, कसैको लागि कलाकृति बनाउने त कसैको लागि अध्यापन गर्ने काम महत्त्वपूर्ण लाग्छ । हरेक व्यक्तिलाई आफ्नै काम महत्त्वपूर्ण लाग्छ । यदि यसो हुँदाहुँदै कोही व्यक्ति सामाजिक सञ्जाललाई मात्रै बढी महत्तव दिई त्यसमा व्यस्त हुन्छ र आफ्नो काम भुल्छ भने उसलाई सामाजिक सञ्जालको लत लागेको मान्न सकिन्छ । बिस्तारै त्यो लत बानी बनेर मानसिक तथा शारीरिक समस्या उत्पन्न हुन्छ ।

६. डिजिटल एडिक्सनको शिकार हुने सम्भावना

सामाजिक सञ्जालबाट हुने समस्याले डीएसएम भनिने एक रोगको शिकार बनाइदिने गर्छ । डायग्नोस्टिक एण्ड स्टेटिस्टिकल मेनुअलका अफ मेन्टर डिसअडरका (डीएसएम) मानसिक स्वास्थ्यसम्बन्धी एक रोग वा समस्या हो । यस्तो मनोविज्ञानलाई अर्को शब्दमा ‘बाइबिल’समेत भनिन्छ । यो रोग देखा पर्दा व्यक्तिमा मानसिक विसंगति वा असन्तुलन देखा पर्दछ । यसमा डराउनेदेखि डिप्रेसनसम्मका समस्या पदर्छन् । यो रोग लाग्दा सामाजिक सञ्जालको लत जुवा खेल्दाजस्तै हुन्छ ।

दैनिक भाष्करबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *