तारकेश्वरको मेयरमा एमालेबाट आठ र उपमेयरमा सात जनाकाे दाबी

स्थानीय

स्थानीय तह निर्वाचन नजिकिएसँगै काठमाडौंको तारकेश्वर नगरपालिकामा मेयरको चर्चा सुरु भएको छ । यस बिच नेकपा एमाले तारकेश्वर नगर कमिटिको बैठकमा मेयरको लागी ८ जनाले दावी गरेका छन । मंगलबार नेपालटारमा आयोजित नगर कमिटिको बैठकमा ८ जनाले मेयर र उपमेयरमा ७ जनाले दावी गरेका हुन ।

मेयरका लागि रामेश्वर बोहोरा, श्याम घिमिरे, लेखनाथ फुयाँल, साबित्रा देवि शर्मा, राजु सुवेदी, विश्वनाथ लामिछाने, हरीशरण तिमिल्सिना र माताप्रताप थापाले दावी गरेका हुन ।

को हुन त मेयरमा दावी गर्ने दावेदारहरु ?

रामेश्वर बोहरा

तारकेश्वर नगरपालिकाका वर्तमान मेयर रामेश्वर बोहरा नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुन् । २०७४ सालको निर्वाचनमा उनी ९ हजार ७४६ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्रीराम थापाले ७ हजार ७५७ मत पाएका थिए । २०४९ र ०५४ मा दुई पटक साबिक मनमैजु गाविसको अध्यक्षका रूपमा काम गरिसकेको अनुभव सँगालेका बोहरा यो क्षेत्रका पाका नेताका रूपमा चिनिन्छन् । मेयरको रूपमा आफ्नो पहिलो कार्यकाल सफल भएकाले अझै एक कार्यकालका लागि आफ्नो दाबी स्वाभाविक भएको बोहरा बताउँछन् । मेयरमा आफूले आंकाक्षा राखे पनि पार्टीको निर्णयलाई आफूले आत्मसाथ गर्ने उनको भनाइ छ ।तारकेश्वरको राजनीतिलाई बुझ्ने स्थानीयमा पनि यस पटक सत्ता गठबन्धनबाट साझा उम्मेदवार आएको अवस्थामा बोहरा नै एमालेको तर्फबाट सशक्त उम्मेदवार हुन सक्ने बताउँछन् ।

किरण शर्मा

उत्तरी भेगका पुराना नेताका रुपमा चिनिएका बागमति प्रदेश सदस्य किरण शर्मा गत निवार्चनमा पनि मेयरको आंकाक्षी थिए र अन्तीम समयमा रामेश्वर बोहोराले टिकट प्राप्त गरेका थिए । मंगरबारको नगरकमिटि बैठकमा यसपाली कुनै हालतमा आफ्नो निर्णय बाट पछि नहट्ने शर्माको अडान छ । गठबन्धनविरुद्ध एक्लै लड्ने तयारी गरेको उल्लेख गर्दै उनी पार्टीले योग्य र बलियो उम्मेदवार अगाडि बढाउनेमा विश्वस्त छन् ।

लेखनाथ फुयाँल

नेकपा एमाले बागमती प्रदेश सदस्य लेखनाथ फुयाँल पार्टीका पुराना नेता हुन भने साविक काभ्रेस्थली गा.बि.स अध्यक्ष पनि हुन । फुयाँलले पनि यस पटक तारकेश्वरको मेयरका लागि आकांक्षा देखाएका छन् । उनले यसका लागि नगर स्तरका नेतासँग आफूलाई अघि सार्नुपर्ने प्रस्तावसहित विभिन्न छलफल सुरु गरेका छन् । फुयाँलले आफू मेयरका लागि उम्मेदवार हुन योग्य र बलियो उम्मेदवार भएको बताए । त्यसैअनुसार तयारीमा लागेको उनको भनाइ छ । ‘म तारकेश्वरको मेयरका लागि योग्य उम्मेदवार हुँ । पार्टीका साथीहरूलाई पनि जानकारी गराइसकेको छु । यस विषयमा पार्टी भित्र छलफल जारी छ । अन्य साथीहरूले पनि आकांक्षा राख्नु भएको छ । पार्टीले जे निर्णय गर्छ त्यो हामी सबैले मान्नु पर्छ’, उनले भने ।

बिश्वनाथ लामिछाने

एमाले काठमाडौ क्षेत्र नं ६ का संयोजक तथा जिल्ला कमिटिका सचिवालय सदस्य बिश्वनाथ लामिछाने पार्टीका पुराना नेता हुन । लामो समय शिक्षण पेशामा बिताएका लामिछाने कुशल एवं प्रभावशाली संगठकका रुपमा परिचित छन ।

हरीशरण तिमिल्सिना

तारकेश्वरको मेयरका लागि एमालेबाट आकांक्षा राख्ने अर्का नेता हुन हरिशरण तिमिल्सिना । काठमाडौं जिल्ला कमिटि सदस्य रहेका तिमिल्सिनाले आफू मेयरका लागि योग्य भएको तर पार्टीले गर्ने निर्णयमा अगाडि बढ्न तयार रहेको बताए । सर्बसम्मतीबाट मेयरको सिफारीसमा जोडदिदै तिमिल्सिनाले सहमतिको लागी आफू बाधा नहुने बताए ।

सावीत्रा शर्मा

तारकेश्वर नगर प्रमुखमा नेकपा एमालेबाट पहिलोपटक महिला उम्मेदवार सावित्रादेवि शर्माले उम्मेदवारी घोषणा गरेकी छिन् । त्रिभुवन बिश्व बिध्यालयबाट दुईवटा बिषयमा मास्टर गरेकी शर्मा समृद्ध र पारदर्शी नगरपालिका बनाउन आफुले उम्मेदवारी दिन लागेको बताउनुभयो । शर्मा एमाले काठमाडौं जिल्ला कमिटि सदस्य हुन ।

राजु सुवेदी

विद्यार्थी राजनीतिबाट उदाएका राजु सुवेदी पार्टीको प्रदेश कमिटी सदस्य तथा प्रेस चौतारी नेपालको केन्द्रीय उपमहासचिव हुन । राजनीतिसँगै पत्रकारितामा क्रियाशील सुवेदीले पनि तारकेश्वर नगरपालिकाको मेयरमा आकांक्षा राखेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि बादलसँगै केपी ओलीको पक्षमा उभिएका हुन ।

माताप्रताप थापा

तारकेश्वर नगरकमिटिका सह सचिव समेत रहेका थापाले पनि मेयरमा दावी गरेका छन । सर्बसम्मतीबाट मेयरको सिफारीसमा जोडदिदै थापाले सहमतिको लागी आफू बाधा नहुने बताए ।

यस्तै उपमेयरका लागि सात जनाले आकाक्षा देखाएका छन ।  भवानी डोटेल, बत्तिसा मर्हजन, शिवकुमारी अर्याल, भवानीमैया पन्त, सरस्वती जोशी, संगिता थापा, सुजता अधिकारीले उपमेयरमा दावी गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *