तारकेश्वरमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादी बीच पार्टी समायोजन

स्थानीय

नेकपा एमाले र नेकपा एकीकृत समाजवादी बीच तारकेश्वर नगरपालिकामा पार्टी समायोजन भएको छ । शेषमतीमा अवस्थित दियालो फुडल्याण्डमा आयोजित एक समारोह बिच एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल , केन्द्रिय प्रचार बिभाग सचिव गगन बिष्ट , जिल्ला अध्यक्ष दिपक निरौलाको उपस्थितिमा एमाले र समाजवादी बिच नगर कमिटी स्तरीय पार्टी समायोजन भएको हो ।

एकीकृत समाजवादीका नगर अध्यक्ष तथा केन्द्रीय परिषद सदस्य लब कुमार बस्नेत , केन्द्रिय परिषद सदस्य तथा पूर्व वडा अध्यक्ष मधु कार्की , रबिन्द्र के.सी , एकिृत समाजवादीका बागमती प्रदेश सदस्य उद्धव तिमिल्सिना , जिल्ला कमिटी सदस्य कोमल प्रसाद भट्ट , तानपा ६ का वडा कमिटी अध्यक्ष ऋषि घिमिरे सहित ४० जना भन्दा बढी एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता एमालेमै फर्किए संगै एकीकृत समाजवादी र एमाले बिच पार्टी समायोजन भएको छ ।

कार्यक्रम बिच बोल्दै एकीकृत समाजवादीका नगर अध्यक्ष तथा केन्द्रीय परिषद सदस्य लब कुमार बस्नेतले अब मुल घर एमालेमै रहि तारकेश्वोर लाई एमालेमय बनाउन आफ्नो  योगदान हुने बताउनु भयो । माधव नेपालले कांग्रेसको बुँई चढेर कम्युनिष्ठ आन्दोलनलाई कमजोर बनाउदैं हजारौं कार्यकर्ताहरुलाई राजनैतिक बिचलन बनाएकाले एमालेबाट विद्रोह गरेर गएको भनिएका सबै साथीहरु एमालेमै फर्किनुको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी समायोजन मार्फत कम्युनिष्ट आन्दोलनमा समाजवादी तर्फका नेता तथा कार्यकर्ताहरुको पवित्र भावनाको सम्मान गर्नुहुदै आगामी दिनमा कार्यकुशलला , क्षमता र पार्टी प्रतिको भूमिकाको आधारमा बिभिन्न तह र तप्कामा सम्मान जनक समायोजन हुने बताउनुभयो ।

स्थानिय तहको निर्वाचन अघि नै पार्टी समायोजनका लागी पटक पटक बार्ता र संवाद भएता पनि एकता हुन सकेको थिएन तर पछिल्लो समय दुबैपक्षका नेताहरुको अगुवाई तथा बिशेष पहलका कारण तारकेश्वरमा समाजवादी र नेकपा एमाले बीच पार्टी समायोजनको संम्भव भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *