तारकेश्वरले सुरु गर्यो डिजिटल सुशासन प्रणाली अब मोबाइल एप्सबाटै पालिकाको धेरै सेवा

स्थानीय

सुचना प्रविधिको उच्चत्तम प्रयोग गरि जनता र नगर बीच सुशासन र डिजिटल प्रविधियुक्त नगर बनाउने उदेश्य स्वरुप काठमाण्डौको तारकेश्वर नगरपालिकाले मोबाइल एप्स सार्वजनिक गरेको छ । स्मार्ट पालिका प्रा.लि. संग सहकार्य गरि फाल्गुन २८ गते एक अभिमुखिकरण कार्यक्रम गरि तारकेश्वर नगरपालिका मोबाइल एप्स सार्वजनिक गर्दै डिजिटल सुशासन प्रणालीको सुरुवात गरेको हो।

नगर प्रमुख कृष्णहरि महर्जन, उप प्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत डा. कृष्ण बहादुर घिमिरे,वडा अध्यक्ष,पत्रकार लगायत कार्यपालिका सदस्य सहितको उपस्थितिमा पालिकाले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।स्मार्ट पालिकाका परिकल्पनाकार तथा संस्थापक मनोज भट्टराईले पालिकाको मोबाइल एप्स, डिजिटल घरधुरी प्रोफाइल, डिजिटल सिग्नेचर तथा आइसिटि पोलिसी सहित तयार गरि जनता र जनताका सेवा, सिफारिस, राजस्व भुक्तानी जस्ता सेवा मोबाइलबाटै लिन र दिन सकिने प्रणालीको बिकास गरेको उक्त सिस्टमको बारेमा कार्यशालामा जानकारी प्रस्तुत गर्नुभयो।

स्मार्ट पालिकाको तर्फबाट राजानन्द माण्डव्यले तारकेश्वर नगरपालिकाका जनता अबका दिनहरुमा आफ्ना सेवा तथा सुबिधा लिन तथा नगरपालिकालाई कर वा राजश्व तिर्नको लागि नगरपालिका वा वडा धाउन नपर्ने र जनताले आफ्नो मोबाईल बाट नै खल्ती, इ- सेवा, कनेक्ट आइपिएस संगै विभिन्न बैंक खाताबाट पैसा तिर्न सक्ने प्रणालीको बिकास नगरपालिकाले सुरुवात गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापती तथा नगर प्रमुख कृष्णहरि महर्जनले एकैपटक डिजिटल रुपमासबै कार्य सम्पन्न गर्न सहज नभए पनि हामी अब डिजिटल रुपमा अघि नबढी बिकल्प नरहेको र नगरले बिस्तारै बिस्तारै सानो सानो मोड्युलको सुरुवात गरि कम्तिमा आगामी बर्ष सम्ममा जनतालाई प्रविधिमैत्री बनाउन नगरले बिभिन्न अभिमुखिकरण तथा तालिम संचालन गर्ने बताउनु भयो। जनतालाई घन्टौंको लाइन संगै समयको बर्बादी,सास्ती कम गर्दै जनताका काम कारवाहीलाई डिजिटल सुशासन प्रणाली मार्फत अघि बढाउदा निस्पक्ष र तीव्र गतिमा कार्यसम्पन्न गर्न टेवा पुराउने उदेश्यले स्मार्ट पालिका संग सहकार्य गरि यो प्रणालीको सुरुवात गरिएको बताउनु भयो।

नगरबासी डिजिटलि रुपमा नगर प्रमुख संग जोडिन हेलो मेयर, उप प्रमुख संग जोडिन न्यायिक समिति, जनगुनासो, डिजिटल प्रोफ़ाइल सहित नगरले दिने बिभिन्न प्रकारका सिफारिस डिजिटलि रुपमा कसरि लिने र भुक्तानी कसरी तिर्ने भन्ने बारे अभिमुखिकरण कार्यक्रममा जनकरी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *