तारकेश्वर कांग्रेस नगर सभापतिमा मुकुन्द तिमिल्सिनाको उम्मेदवारी घोषणा

स्थानीय

नेपाली कांग्रेसको १४औँ महाधिबेशनको मिति नजिकिदै गर्दा देशैभर यसको सरगर्मि छाएकोछ । अशोज १६ गतेका दिन नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकको नेतृत्व चुन्ने गरी अधिवेशनको मिति तोकिएको छ ।

वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै तारकेश्वर नगरपालिकामा अब नगर अधिवेशनको चहलपहल सुरु भएको छ । अधिवेशनबाट नेतृत्व लिन तयार रहेका तारकेश्वर नगरपालिकाका आकांक्षीहरूमध्ये एक जना बलियो र लोकप्रिय आकांक्षी हुन मुकुन्द तिमिल्सिना । नेपाली कांग्रेस तारकेश्वर नगर सभापतिमा उम्मेदवारी दिएका तिमिल्सिना स्थानिय स्तरमा शाहसि तथा बौदीक युवाका रुपमा लोकप्रिय छन । विगत लामो समय देखि स्थानिय राजनितिमा सक्रिय हुदैँ आएका युवा व्यवसायि तिमिल्सिना समाज र सिङगो देशको विकासको लागी राजनितिक नेतृत्व युवाहरूले नै लिनु पर्नेमा जाेड दिनुहुन्छ ।

पार्टि भित्र व्याप्त रहेका समस्याहरुलाई अन्त्य गर्दै कांग्रेसको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै तारकेश्वरभित्र काग्रेसलाई बलियो र सुदृढीकरण गर्ने योजनाका साथ आफूले कुनै अमूख गुट वा पक्षको भन्दापनि कांग्रेसको तर्फबाट नगर सभापतिमा उम्मेदवारी दिएको तिमिल्सिनाले बताए ।

वडा नं १ का ३९ वर्षिय तिमिल्सिना नेपाली कांग्रेसमा सक्रिय रुपमा क्रियाशिल रहदैँ आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *