तारकेश्वर स्काउटको आयोजमा काभ्रेस्थलीमा नि: शुल्क आँखा शिविर

शिक्षा/स्वास्थ्य स्थानीय

तारकेश्वर नगरपालिका वडा नं.२ मा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

तारकेश्वर नगरपालिका र स्थानीय स्काउट कार्यालय तारकेश्वरको संयुक्त आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग एवम् नेसनल ओपन स्काउट क्र्यु, मूलपानीको सम्योजनमा तारकेश्वर नगरपालिका वडा नं.२, काभ्रेस्थली, ठाँटीमा रहेको ग्रीन हिल्स एकेडेमीमा
शनिवार उक्त शिविर संचालन भएको हो ।

शिविरमा नगरका स्थानीय वासिन्दाको साथसाथै बालाजु, टोखा, झोर लगायत विभिन्न स्थानबाट आँखाका बिरामीहरुको बाक्लो उपस्थित रहेको थियो । शिविरबाट ६४० जनाले आँखा चेकजाँच गराएको र उनीहरु मध्ये ३४ जना मोतीयाबिन्दुका बिरामी समेत रहेको तारकेश्वर नगर स्काउटका संयोजक दमोदर बस्नेतले जानकारी गराउनु भयो । साथै स्काउटले यस्ता सामाजिक कार्यहरु आगामी दिनहरूमा पनि निरंतरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बिरामीहरुलाई शिविरमा नि:शुल्क औषधि वितरण गरिएको र
मोतियाबिन्दुका ३४ जनालाई नै तिलगंगा आँखा प्रतिष्ठानमा नि:शुल्क शल्यक्रियाको व्यवस्था समेत मिलाइएको नेसनल ओपन स्काउट क्र्यु, मूलपानीका स्काउटर बिदुर गिरीले जानकरी गराउनु भयो ।

स्काउटको सहयोगमा यसरी आफ्नो गाउँघरमै आँखाको उपचार पाउदा शिविरमा सहभागी आँखाका बिरामीहरुको मुहारमा खुसी छाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *