तारकेश्वर-१,साङ्लामा भोलिबाट कोभिड भ्याक्सीन भेरोसेल खोप लगाईने

स्थानीय

तारकेश्वर नगरपालिका वडा न.१ साङ्लामा रहेको साङ्ला बालकुमारी माध्यमिक विद्यालयमा साउन २० र २१ गते दुई दिन कोभिड भ्याक्सीन भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ ।
बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउने नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले एक विज्ञप्ती जारी गरि बताउनुभएको छ ।

खोप ५० वर्ष र सो भन्दा माथीका नागरिकहरु, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरुलाई उनिहरुको परिचय पत्र र नागरिकताको आधारमा लगाइने भएको छ । त्यस्तै सार्वजनिक यातायातका चालक र सहचालकहरुलाई पनि लगाइने भएको छ । बैदेसिक रोजगारीमा जाने नेपाली नागरिकहरु र नेपाल सरकारकाले तोकेका अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुलाई पनि लगाइने भएको छ ।खोप लगाउन जाँदा अनिवार्य रुपमा नागरिकता वा उमेर खुल्ने परिचय पत्र लैजानुपर्नेछ ।

खोप लगाउन जाँदा अनिवार्य रुपमा नागरिकता वा उमेर खुल्ने परिचय पत्र लैजानुपर्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *