तारकेश्वर ३ नं वडा कार्यालयले गर्यो सार्बजनिक सुनुवाइ एवं बुलन्द बहस

स्थानीय

तारकेश्वर नगरपालिको वडा नं. ३ ले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । चैत्र २५ गते वडा कार्यालयले सार्वजनिक सुनुवाई, बुलन्द बहस र नयां वर्षको शुभकामना आदान प्रदान कार्यक्रम एकैपटक सम्पन्न गरेको हो।

स्थानिय कालिकाशरण मा.वि. को प्रांगणमा भएको उक्त कार्यक्रमको संचालन बुलन्द बहसका प्रस्तोता राजन नेपालले गर्नुभएको थियो । जनआवाजको प्रतिनिधित्व वडा बासी,वडा भित्र क्रियाशील राजनैतिक दलका नेताहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगाएत करिव २०० जनाको उपस्थितिले गरेको थियो भने सहभागिहरुबाट उठेका सवालहरूको जवाफ वडा प्रमुख लगायत सबै वडा सदस्यहरूले दिनुभएको थियो।

औपचारिक कार्यक्रम एवं नया बर्षको  शुभकामना आदानप्रदान पछि शुरू भएको बुलन्द बहस  करिब ४ घन्टा सम्म संचालन भएको थियो। शिक्षा ,स्वास्थ्य ,यातायात, कृषि, राष्ट्रिय ‌निकुन्ज,जंगली जनावरले पुर्याएको पिडा,मल अभाव, खानेपानी, मन्दिर, फोहोर  व्यवस्थापन,सालिक स्थापना लगायतका बिषयमा सवालहरूको उठान भएका थिए । उठेका सवालहरूमा जवाफ दिदै वडा अध्यक्ष परशुराम अर्याल लगाएत जनप्रतिनिधिहरूले सदैव जनताको भावनालाई शिरोपर गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियोे।

कार्यक्रमको अन्त्यमा समग्र कार्यक्रमको समिक्षा राष्ट्रिय कृषक समुह महासंघ नेपाल का संस्थापक अध्यक्ष एवं बुलन्द आवाज अभियानका प्रमुख सल्लाहकार उद्धव अधिकारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *