काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ३ मा काँग्रेस र एमाले मिश्रित प्यानल निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार परशुराम अर्याल विजयी भएका छन् ।
अर्यालले १०५१ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ९७९ मत ल्याएका छन ।
यस्तो छ मतपरिणाम :
सूर्य
रुख
मेयर १०६२ १२२१
उपमेयर ११०४ ११९६
वडाध्यक्ष ९७९ १०५१
महिला सदस्य ११६५ ८९६
दलित सदस्य १०८४ ९४७
खुला सदस्य ११३१ ८२०
खुला सदस्य ९६७ ८५७