तारकेश्वर-८ बाट जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

स्थानीय

हरीले जुवातास खेलेको आरोपमा ९ जना जुवाडेलाई तारकेश्वर नगरपालिका-८ बाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत बालाजुबाट खटिएको टोलीले काठमाडौंको ताकेश्वर नगरपालिका-८ भेटघाट चोकस्थित मुना बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट प्रहरीले ६ बुक तास र नगद रु.२ लाख ६९ हजार ९ सय रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई जुवा ऐन अनुसार म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *