तारकेश्वोर २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिए- घटनास्थल विभत्स

स्थानीय

तारकेश्वर नगरपालिका २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् । गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् ।

तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार दिनेश पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन् । घटनास्थल विभत्स रहेको उनले सुनाए ।

सुनीता र छोराछोरीको शव एउटा कोठामा छ, दिनेशको अर्को कोठामा छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *