तीन महिनामा थपिए २ लाख १० हजार करदाता

अर्थ बजार

नेपालमा पछिल्लो तीन महिनामा २ लाख भन्दा बढी करदाता करको दायरामा समेटिएका छन् । यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर (पीपीएन) लिनेको संख्या अधिक छ ।

अर्थ मन्त्रालयका अनुसार पहिलो त्रैमास (साउन–असोज)मा स्थानीय लेखा नम्बर प्राप्त गर्ने करदाता १ लाख ९८ हजार ८७ रहेका छन् । यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या १ लाख ४८ हजार ७७३ जना छन् । यस अवधिमा ४६ हजार १ वटा व्यवसायीक स्थायी लेखा नम्बर जारी भएका छन् । अग्रिम कर कट्टी प्रयोजनका लागि ३ हजार ३१३ प्यान नम्बर जारी भएको छ । तीन महिनाको अवधिमा मूल्य अभिवृद्धि करमा ७ हजार २०७ अन्तःशूल्कमा ४ हजार ७१८ नयाँ करदाता थपिएका छन् ।

मन्त्रालयको तथयांक अनुसार प्यान नम्बर लिने करदाताको संख्या अब ५० लाख भन्दा माथि पुगेको छ । जसमा व्यक्तिगत स्थायी लेखा नम्बर दियस अनुसार अब देशभर प्यानमा दर्ता हुने करदाताको संख्या ३१ लाख ९९ हजार ७७ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *