दिपक बिडारीको ‘म त कालो छायां हु’ गीत सार्वजनीक

मनोरन्जन

गायक दिपक बिडारीको ‘कालो छायां’ बोलको गीत सार्वजनीक भएको छ । बिडारीको आफ्नै लय, शब्द, संगीत तथा स्वर रहेको गीत एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

समन अधिकारीद्वारा निर्देशित गीतको भिडियो बिभिन्न रमणीय स्थलमा अनिल कटुवालले निकै आकर्षक रुपमा छायांकन गरेकाछन । गीतको भिडियोमा राज दिप र अनु शाहको जिवन्त अभिनय देख्न पाईन्छ ।

को हुन् दिपक बिडारी
२०४८ सालमा बुवा ओम प्रसाद बिडारी र आमा प्रेम कुमारी बिडारीका साइलो छोरोका रूपमा मकवानपुरमा जन्मिएका दिपक बिडारीको बाल्यकाल भने बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा न: १६ पिलुवामा बित्यो ।

आफ्नो उच्चशिक्षालाई निरन्तरता दिन काठमाण्डौं छिरेका बिडारीले स्वदेशमै बसेर कलाकारीता त्यसमा पनि गायनबाटै आफ्नो र राष्ट्रकै नाम राख्न सङघर्ष गरिरहेका छन् । सामान्य परिवारमा जन्मिएका दिपक बाल्यकालदेखि नै गायन तथा कलकारीता क्षेत्रमा रुचि राख्दथे ।

हरेक क्षेत्रमा मेहनती अनि लगनशील भएकाले नै आज उनका विभिन्न गित बजारमा आउन सफल भएकाछन् ।

उनै बहुप्रतिभाका धनी दिपक बिडारीको गीत हेर्न यहाँ किल्क गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *