देशभरको मौमस चिसिदै , काठमाडौंको न्युनतम तापक्रम यो वर्षकै कम

राष्ट्रिय

काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । बिहीबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ ।

दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ । मौसमविद्का अनुसार पानी पर्‍यो भने अझै जाडो बढ्छ । तत्काललाई पानी पर्ने सम्भावना भने नभएको मौसमविदहरुले बताएका छन् । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा न्यूनतम तापक्रम घट्नुका साथै तराईका भूभागमा बिहान दृश्यको प्रष्टतामा कमी भई सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव छ डिग्री र अधिकतम तापक्रम २२ दशमलव तीन डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव पाँच डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री सेल्सियस छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *