देशमै हजारौं रोजगारीको सृजना गर्दै मिडिया निपोज ग्रुप अफ कम्पनी

शिक्षा/स्वास्थ्य

नेपालमा रोजगारीको कमि सङै दिनानुदिन युवा पुस्ता बिदेशीन बाध्य छन । सहि मार्ग-निर्देशन र दक्षताको कमि  नै युवाहरू बिदेशीनुको मुख्य कारण हो ।

युवाबर्गलाई उचित परामर्श प्रदान गरि दक्षता हासिल गर्न अभिप्रेरित गरि स्वदेशमै रोजगारी उपलब्ध गराउने मुख्य उदेश्यका साथ अघि बढीरहेको सस्था हो मिडिया निपोज ग्रुप अफ कम्पनी ।

अबको ६ महिना भित्रमा १ हजार जनालाई रोजगारी दिने मिडिया निपोज ग्रुप अफ कम्पनीले जनाएको छ । रिपोर्टस क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कम्पनीका अध्यक्ष सरोज जंग पोखरेलले ६ महिना भित्रमा १ हजार जनालाई रोजगारी प्रदान गर्ने उद्घोष गरेका हुन् ।

अबको करिब ५ वर्ष भित्रमा ५० हजार जना दक्ष जनशक्ति आफुले तयार गर्ने  पनि अध्यक्ष पोखरेलले जानकारी गराए । मिडिया निपोज ग्रुप अफ कम्पनीको आम्दानीको ६० प्रतिशत रकम निपोज फाउण्डेशनलाई दिने घोषणा गर्दै उनले फाउण्डेशनले विद्यालय, कलेज र सम्पुर्ण शिक्षा क्षेत्र लाई  मुल आधार बनाएर अगाडी बढ्ने पनि जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम तथा रोगजार मन्त्रालयसँग समन्वय गरि भारत, अष्ट्रेलिया, क्यानडा लगायतका धेरै देशहरुबाट सम्बन्धन लिएर फाउण्डेशन अगाडी बढ्ने पनि पत्रकार सम्मेलनका बीच कम्पनीका अध्यक्ष सरोज जंग पोखरेलले जनकरी गराए ।

आमा-बुवा  नभएका बालबालिकाहरुलाई स्नाकोत्तरसम्म निशुल्क शिक्षा दिने र असहाय बृद्ध-बृद्धा आमा बुवाको छोरा बनेर सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

नेपालको शिक्षा प्रणाली परिवर्तत गरी दक्ष र अनुभवि कामदार उत्पादन गर्ने  नै निपोज फाउण्डेशनको मुख्य उदेश्य रहेको रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *