निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री

राष्ट्रिय

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सका नेतृत्वसहित तीन-तीन जना पदाधिकारीलाई छलफलमा बोलाइएको छ ।

काभिड-१९ले अर्थतन्त्रमा पारेको प्रभाव तथा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ । छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसहित अर्थ र उद्योग तथा वणिज्य मन्त्रालयका सचिवहरु पनि सहभागी हुने बताइएको छ । साँढे पाँच बजे प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटारबाट खबर गरिएको एक उद्योगपतिले  पुष्टि गरे ।

‘समसामयिक विषयमा छलफल भनिएको छ, कोभिड-१९ सँगसँगै अर्थतन्त्र कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्ने भनिएको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *