निजी र सरकारी विद्यालय पनि जेठ १ गतेदेखि सातामा दुई दिन बिदा हुने

शिक्षा/स्वास्थ्य

शिक्षा मन्त्रालयले  निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो ।

मन्त्रालयका अनुसार अब शनिवार बाहेक आइतबार पनि विद्यालय बन्द रहने छ । हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार आधा छुट्टीको व्यवस्था भने हटाइएको छ । त्यसैगरी हिउँदे बिदा, वर्षे विदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिन पाइने भएको छ । यस अघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा  ४५ दिन तथा स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदा पाउने व्यवस्था थियो ।

अब यी सबै विदालाइ कटौती गरी वार्षिक ३० दिन मात्रै विदा दिने व्यवस्था मिलाउन सर्कुलर जारी गरिएको छ ।​

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *