फेरिल्याण्ड इन्टरनेसनल स्कुलमा OPS अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न

शिक्षा/स्वास्थ्य

Organizations of Private School (OPS) को आयोजना तथा फेरिल्याण्ड इन्टरनेसनल स्कुलको संयोजनमा  OPS Inter Schools Art Competition सम्पन्न भएको छ ।

शनिवार बुढानिलकण्ठ-१०,बालुवाखानी स्थित फेरिल्याण्ड इन्टरनेसनल स्कुलमा आयाेजना भएकाे प्रतियोगितामा सिनियर तर्फ २८ जना विद्यार्थी भाई बहिनीहरले प्रतिस्पर्धा गरेका थिए भने जुनियर तर्फ २५ जना विद्यार्थी भाई बहिनीहरूकाे सहभागिता थियाे। सिनियर तर्फ सान्त्वना पुरस्कार न्यू इरा एकेडेमीका निरव रायमाझी तथा शोभा भगवती इंग्लिश स्कूलकी सकिरा श्रेष्ठले प्राप्त गरे भने तृतीय पुरस्कार शृजना ज्ञानसागर स्कुलकी रोजमिता गुरुङले  प्राप्त गरेकी छिन । द्वितीय स्थान शृजना ज्ञानसागरकै निशान लामाले हात पार्न सफल भए भने प्रथम स्थान कौशल इंग्लिश स्कूलकी युनिशा मल्लले प्राप्त गरेकी छिन् ।

त्यसै गरी जुनियर तर्फ कौशल इंग्लिश स्कुलकी नम्रता राई तथा प्रारम्भ वर्ल्ड स्कुलका आयांश ज्ञवालीले सान्त्वना पुरस्कार जित्न सफल भए भने शृजना ज्ञानसागर स्कुलका सृजल दाहालले तृतीय स्थान प्राप्त गरेका छन् । ज्ञान मन्दिर स्कुलबाट साइमन थापाले द्वितीय स्थान प्राप्त गर्दा प्रारम्भ वर्ल्ड स्कुलकी माैसमी तामाङले प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष श्री नवराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा फेरिल्याण्ड इन्टरनेसनल स्कूलका संस्थापक प्रिन्सिपल तथा OPS का सल्लाहकार श्री बिष्णु चन्द्र अधिकारीको अध्यक्षता रहेकाे  थियो । कार्यक्रमका अध्यक्ष अधिकारीले विगत १७/१८ वर्ष देखी OPS ले  राष्ट्रिय तथा अन्तराष्ट्रिय विविध कार्यक्रमहरु सफलता पूर्वक गर्दै आएको र शिक्षक शिक्षिकाहरु तथा विद्यार्थी केन्द्रित विविध कार्यक्रमहरु गर्दै सम्पूर्ण OPS मा आवद्द विद्यालयहरुको विविध पक्षलाई समेट्दै बिश्व बजारमा आजका बालबालिकालाई प्रतिष्पर्धी गराउने उद्देश्यका साथ अगाडी बढिरहेको कुरा जानकारी गराउनु भयो ।

चित्रकलाले बालबालिकाहरूलाई सृजनात्मक कार्य गर्न प्रेरणा मिल्ने कुरामाथि प्रकाश पार्दै प्रमुख निर्णायक प्रो. राधेश्याम मुल्मीले विधार्थी भाई बहिनीहरूलाई अझ जोस-जाँगरका साथ जित हारलाई मात्र ध्यान नदिई लगनशील भई अगाडि बढ्न आग्रह गर्नु भयो ।

यसै अवसरमा प्रमुख अतिथी बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष श्री नवराज भट्टराईले विद्यालयमा अध्ययनरत  भाई बहिनीहरूलाई यसरी सानै उमेरदेखि विविध विधामा प्रशिक्षण दिनु पर्ने कुरा प्रकाश पार्दै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नमा निजी विद्यालयको विशेष भूमिका रहदै आएको कुरामा जोड दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *