नेकपा एमालेका अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यापर्ण

राष्ट्रिय

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थाका महासचिव पुष्पलालको स्मृतिको दिवसको अवसरमा काठमाडौं महानगर १८ स्थित ताम्सिपाखामा पुगेर पुष्पलालको शालिकमा माल्यापर्ण गर्नु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवसका अवसरमा अध्यक्ष ओलीले पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।