नेकपा एमाले तारकेश्वर नगर कमिटिको बैठक सम्पन्न-प्रशिक्षण कार्यक्रममा अनिवार्य उपस्थीतीका लागी आब्हान

स्थानीय

नेकपा एमाले तारकेश्वर नगर कमिटिको बैठक सम्पन्न भएको छ । आइतबार नगर कमिटिको कार्यालय जरंखुमा बसेको बैठकले संगठीत सदस्य नविकरण तथा नँया सदस्य थप , बिभिन्न जनसंगठनहरुको गठन र्पुनगठन , पार्टी संगठन सृदीढीकरण तथा सवलीकरण लगायतका बिभिन्न बिषयमा छलफल भएको छ ।

एमाले तारकेश्वर नगर कमिटिका अध्यक्ष बासु गौतमको अध्यक्षतामा सम्पन्न भएको बेठकमा प्रदेश स्थायी कमिटिका सदस्य किरण शर्मा , काठमाडौ जिल्ला सचिवालय सदस्य लेखनाथ फुँयाल ,जिल्ला कमिटि सदस्य हरि शरण तिमिल्सिना , क्षेत्रीय कमिटका अध्यक्ष बिश्वनाथ लामिछाने , मेयर रामेश्वर बोहोरा , उपमेयर भवानी डोटेल तथा नगर कमिटि सदस्यहरुको बाक्लो उपस्थीती रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा नगर तथा शाखा कमिटिलाई अनिवार्य उपस्थीतीका लागी आब्हान :

सोही बैठकले एमाले पार्टी केन्द्रिय कमिटिको अपानी १२ को निर्देशन अनुसार भाद्र ३१ गते बिहिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने प्रशिक्षण कार्यक्रममा अनिवार्य उपस्थीती हुन आब्हान गरेको छ ।

बिहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म संचालन हुने सो कार्यक्रममा नगर कमिटिका सबै पदाधिकारहिरु , वडा कमिटिहरुका अध्यक्ष र सचिव , निर्वाचित सबै जनप्रतिनिधिहरु तथा जनसंगठनहरुका नगर कमिटिका प्रमुखहरुलाई अनिवार्य उपस्थीती हुन आब्हान गरेको छ ।

सो कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीले समसामयिक परिस्थीती र अवको राजनैतिक कार्यदिशा ,महासचिव ईश्वर पोखरेलले संगठन निमार्ण र कर्याकर्ताको दायीत्व , मुख्यमन्त्रि अष्टलक्ष्मी शाक्यले सुदृढ एमाले र आजको आवश्यकता र रामबहादुर थापाबाट कम्युनिष्ट आन्दोलनको मूल प्रवाह बिषयमा प्रशिक्षण हुने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *