नेपालमा कोभिडविरुद्ध खोप लगाउनेको संख्या करोड नाघ्यो-५८ हजारले गराए कोभिड खोप कार्ड प्रमाणीकरण

राष्ट्रिय

नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म १ करोड ९२ हजार १६४ जनालाई खोप लगाइएको छ ।

जसमध्ये ४६ लाख ६७ हजार ३२८ अर्थात १५ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन् भने ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा लगाएका छन् जुन कूल जनसंख्याको १७.९ प्रतिशत हो । सरकारले खोप लगाउन योग्य ७१.६ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले अहिले अस्ट्राजेनेका (कोभिसिल्ड समेत), भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोगमा ल्याएको छ ।

खाेप लगाएका मध्ये ५८ हजार जनाको कोरोना भाइरस (कोभिड–१९) खोप कार्ड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गरेको छ ।

खोप कार्ड प्रमाणीकरणका लागि विगतमा जस्तो लाइनमा बस्नुपर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए ।

कार्ड प्राप्तिका लागि प्रतिक्षामा बस्नेको सूची समेत कम रहेको उनले बताए ।

साउन २१ गतेदेखि खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरिएको थियो । बुधबारसम्ममा ७७ हजार व्यक्तिले कार्ड प्रमाणीकरणको लागि अनलाइन फारम भरेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *