नेपाल आउन ज्याकलिनले मागिन् अदालतसँग अनुमति

मनोरन्जन

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले नेपाललगायत अन्य केही देशमा जान अदालत १५ दिनका लागि विदेश जान अनुमति माग्दै निवेदन दिएकी छिन् । उनले हालै दिल्ली अदालतमा नेपाल, आबुधाबी र फ्रान्स यात्रामा जान अनुमतिका लागि दिल्ली अदालतमा निवेदन पेश गरेको नवभारत टाइम्सले जनाएको छ ।

दुई सय करोडको मनी लन्ड्रिङ मुद्दामा फसेकी उनको गत साता मात्रै प्रवर्तन निर्देशालय (ईडी) ले उनको करिब सात करोड सम्पत्ति जफत गरेको थियो । यही, मुद्दाकै कारण ईडीले उनीविरुद्ध लुक आउट सर्कुलर जारी गरेको छ, जसअन्तर्गत उनलाई अहिले देश छोडेर जान प्रतिबन्ध लगाएको छ ।

यसै सम्बन्धमा उनले दिल्ली अदालतमा निवेदन दिएकी हुन् । उनले नेपालमा यही जेठ १४ (मे २८) मा हुन लागेको ‘दबंग टुर रिलोडेड’ मा सहभागी हुन, आबुधाबीमा हुने आईफा अवार्डमा सहभागी हुन र फ्रान्स यात्रा गरी करिब १५ दिनको विदेश भ्रमणमा जान पाऊँ भन्दै निवेदन पेस गरेकी हुन् ।

ज्याकलिन फर्नान्डेज भारतकी नभई श्रीलंकाकी नागरिक हुन् र उनी सन् २००९ देखि भारतमा बसेर बलिउडका लागि काम गरिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *