नेपाल पञ्चाङ निर्णयक समितिले साउन २७ गते शुक्रबार एकै दिन जनैपूर्णिमा, रक्षाबन्धन र गाईजात्रा मनाउन उपयुक्त हुने बताएको छ ।
शुक्रबार एकै दिन रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा परेकोमा विभिन्न टिका टिप्पणी भइरहेको भन्दै समितिले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । त्यस्ता टिका टिप्पणीबाट कुनै पनि भ्रममा नपर्न समितिले सबैलाई आग्रह गरेको छ ।
बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले त्यसको भोलिपल्ट शुक्रबार जनैपूर्णिमा तथा रक्षाबन्धन गर्न उचित हुने समितिले बताएको छ । यस अघि २०७०, २०६१, २०५५, २०३१, २०३०, २०२४, १९९४ सालमा पनि यसपालिको जस्तै तिथिको अवस्था परेको समितिले स्मरण गराएको छ ।