नेप्सेमा ८० अंकको गिरावट

अर्थ बजार

शेयर बजार परिसूचक नेप्सेमा ८० अंकको गिरावट आएको छ । मंगलबार परिसूचक ७९.७९ अंकले घट्दा कारोबार रकममा भने सोमबार भन्दा सुधार देखिएको छ ।

आज मंगलबार २२५ कम्पनीको ६ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको सेयर दोसा्रे बजारमा खरिद बिक्री भएको छ । सोमबार ४ अर्ब ४२ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।

घट्दो बजारमा १७९ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ७ कम्पनीको मूल्य बढ्यो भने एक् कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । मंगलबार कारोबारमा आएका सबै १३ उपसमूह राताम्मे भएका छन् ।

आज विकास बैंक, फाइनान्स, निर्जिवन बिमा र अन्य उपसमूहको गिरावट कम्तीमा तीन देखि ५ प्रतिशतसम्म छ । आज साहस ऊर्जा, तेह्रथुम पावर र मानुषी लघुवित्तको सेयर मूल्य ९प्रतिशत बढीले वृद्धि भएको छ भने आईसी एफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज नबिल बैंक, शाहास उर्जा र अपी पावर कम्पनीको शेयरमा उच्च खरिद चाप देखिएको छ । नबिल बैंकको सर्वाधिक धेरै २९ करोड, साहस उर्जाको २५ र अपी पावर कम्पनीको २२ करोड रुपैयाँ भन्दा धेरैको सेयर खरिद बिक्री भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *