पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार

राष्ट्रिय

आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशभरका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गरिने घोषणा गरेका छन् ।

अर्थमन्त्री पौडेलले उपचारका लागि प्रेस काउन्सिल नेपालबाट ‘उपचार सुविधा परिचयपत्र’ जारी हुने बताए ।

नेपाल पत्रकार महासंघका सदस्य रहेका श्रमजीवी पत्रकारको ७ लाखसम्मको दुर्घटना बिमा गरिने र बिमाको प्रिमियमको ५०% सरकारले व्यहोर्ने अर्थमन्त्री पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *