पूर्वरानी कोमलको स्वास्थ्य अवस्थामा सुधार भएपछि आईसीयूबाट वार्डमा सारियो

राष्ट्रिय

१२ दिन देखि नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा सुधार भएपछि आज आइसियूबाट वार्डमा सारिएको छ ।

कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको आइसियूमै राखेर उपचार भइरहेकोमा स्वास्थ्य अवस्थामा सुधार भएपछि आजदेखि वार्डमा सारिएको आज अस्पतालले १ विज्ञप्तिमा जारी जानकारी गराएको छ । उनको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालको भनाइ छ ।

नर्भिकमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *