प्युठानमा जीप दुर्घटना- एक जनाको मृत्यु, १४ जना घाइते

राष्ट्रिय

प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ।स्वर्गद्वारी नगरपालिका वडा नं. ४ भ्यागुतेमा शनिबार दिउँसो जीप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्बरकाे जीप दुर्घटना हुँदा रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएकाे छ।

प्रहरीका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन्। त्यसमध्ये ९ जनाको अवस्था गम्भीर छ। स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कने क्रममा जीप दुर्घटनामा परेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *