प्रतिनिधि सभातर्फ दल र स्वतन्त्रबाट २१ सय २८ जनाको उम्मेदवारी दर्ता, महिलाको संख्या न्यून

राष्ट्रिय

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तरगत प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ देशभर २ हजार १२८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा अहिलेसम्म एक हजार ९३७ पुरुष र १९१ महिला गरी २१२८ उम्मेदवारको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको हो ।

आयोगका अनुसार प्रदेशसभातर्फ भने २ हजार ८४५ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा २ हजार ६०० पुरुष, २४४ महिला तथा १ अन्यको पनि दर्ता भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको निर्वाचनको मनोनयन दर्ता कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी नै छ ।

असोज २४ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *