प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तार गर्दै

राष्ट्रिय समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले ७ मन्त्री र १ राज्यमन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेको हुन । प्रधानमन्त्रीले उद्योग, वाणिज्य तथा आपूर्ति , कृषि तथा पशुपंक्षी विकास, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ नियुक्त गर्न लागेका हुन् ।

ओलीले खगराज अधिकारीलाई गृह मन्त्रालयको जिम्मा दिने भएका छन् । सञ्चार मन्त्रीमा बादलकी श्रीमतीसमेत रहेकी नैनकला थापा, वनमन्त्रीमा नारदमुनी राना, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, उद्योग मन्त्रीमा राजकिशोर यादव र सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडीको नाम चर्चामा छ । मोहन बानियाँलाई विनाविभागीय र वन राज्यमन्त्रीमा आशा विकलाई शपथ गराउन लागिएको बताइएको छ । शपथ ग्रहणका लागि ४ बजे आउनू भन्ने जानकारी आए पनि मन्त्रालयको भने कुनै टुंगो नलागेको एक नेताले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *