प्रहरी द्वारा भारतीय कांग्रेसका नेता राहुल गान्धी गिरफ्तार

अन्तर्राष्ट्रीय

भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीलाई बिहीबार उत्तर प्रदेशको प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ । उनीसँगै रहेकी कांग्रेस नेतृ प्रियंका गान्धीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उत्तर प्रदेशको हाथरसमा भएको एक सामुहिक बलात्कारको शिकार भएकी युवतीको परिवारलाई भेट्न हिँडेका उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।

प्रहरीले उनीहरुलाई निर्देशन अवज्ञा गरेको अरोपमा यमुना एक्सप्रेसवेबाट पक्राउ गरेको हो । राहुल र प्रियंका गान्धी दिल्लीबाट पीडितको परिवार भेट्न हाथरसतर्फ जानेक्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ । राहुलले प्रहरीलाई भीडभाड नगरी हाथरसतर्फ जान चाहेको बताएका थिए । तर भिड बढेको भन्दै प्रहरीले राहुल गान्धी सवार गाडीलाई रोकेको थियो । त्यसपछि उनीहरु हिँडेरै भए पनि हाथरस जान तम्सिएपछि प्रहरीले गिरफ्तार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *