प्रिमियम मूल्यमा आईपीओ जारी गर्न आईएमई लाइफले पायो स्वीकृति

अर्थ बजार

आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले २३ जेठ मंगलबार कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने स्वीकृति दिएको हो ।

चार अर्ब रुपैयाँ जारी पुँजीको ४ करोड कित्ता सेयरको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारण्मा जारी गर्न लागेको हो । कम्पनीले प्रतिसेयर अंकित मूल्यमा १०० रुपैयाँमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी २३६ रुपैयाँ ९१ पैसमा सेयर जारी गर्न लागेको हो ।

कम्पनीले एक करोड २० लाख कित्ता सेयरजारी गरेर सर्वसाधारणबाट प्रिमियमसहित २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ संकलन गर्नेछ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब रुपैयाँ पुग्नेछ भने प्रिमियम मूल्यमा जारी गरेको सेयरवापत एक अर्ब ७६ करोड ७ लाख ७४ हजार सेयर प्रिमियमको रुपमा थप पुँजी संकलन गर्नेछ ।

कम्पनीले आईपीओ निष्कासनको लागि सिभिल क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *