प्रोटिनको मात्रा धेरै हुनु पनि शरीरका लागि हुनसक्छ घातक

शिक्षा/स्वास्थ्य

सामान्यतया दुब्लो पातलो मान्छेलाई प्रोटिनको मात्रा बढाउन सल्लाह दिइन्छ। तर प्रोटिनको मात्रा धेरै हुनु पनि स्वास्थ्यका लागि हानिकारक हुने गर्छ।

कुनै पनि चीज आवश्यक भन्दा धेरै सेवन गर्यो भने घातक हुनसक्छ । त्यसैले अधिक प्रोटिनको मात्रा पनि स्वास्थ्यका लागि घातक हुनसक्छ। शारिरीक विकाशका लागि प्रोटिन निकै राम्रो स्रोत मानिन्छ। तर शरीरमा धेरै प्रोटिन भयो भने निम्न समस्या देखिन थाल्छन्।

कब्जियतको समस्या: शरीरमा प्रोटिनको मात्रा अधिक भयो भने घातक हुनसक्छ। प्रोटिनका कारण शरीरमा फाइबर कम हुन थाल्छ। जसका कारण तपाईलाई पेटसम्बन्धी समस्या हुन थाल्छ। यसको प्रमुख कारण कब्जियत हो । धेरै प्रोटिनको सेवन गर्दा कब्जियतको समस्या हुन थाल्छ। यस्तो अवस्थामा तपाई प्रोटिनको सेवन कम गर्नु पर्ने हुन्छ।

वजन बढ्नु: अध्ययनका अनुसार वजन बढाउनका लागि प्रोटिक निकै राम्रो स्रोत मानिन्छ। तर शरीरमा अधिक प्रोटिक भयो भने यो कार्बनडाइटमा बदलिन्छ। जसका कारण विस्तारै विस्तारै शरीरमा फ्याट जम्मा हुन थाल्छ। जसका कारण यसले लामो समयसम्म वजन बढाउने गर्छ। यस्तो भयो भने पछि तपाई चाहेर पनि वजन घटाउन सक्नुहुन्न।

हड्डी कमजोर हुनु: हड्डी कमजोर हुनु आफैमा एक ठूलो समस्या हो । यो समस्या शरीरमा प्रोटिनको मात्रा धेरै भयो भने देखिने गर्छ। प्रोटिनको मात्रा धेरै हुँदा शरीरमा क्याल्सियमको मात्रा कम हुन थाल्छ। जसका कारण हड्डीमा पूरै उर्जा मिल्दैन्। जसका कारण हड्डी विस्तारै कमजोर हुन थाल्छ।

हृदयघात: शरीरमा अधिक मात्रामा प्रोटिन भयो भने हृदयसम्बन्धी समस्या देखिन थाल्छ। प्रोटिनको मात्राले कोलेस्ट्रोल बढाउन सहयोग गर्छ। जसका कारण हृदयसम्बन्धी समस्या देखिन्छ। शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्नु कुनै पनि हालतमा राम्रो मानिदैन्। यसले शरीरमा विभिन्न किसिमका समस्या निम्त्यिाउने गर्छ।

दिमाग कमजोर: आवश्यक भन्दा धेरै प्रोटिनका कारण चक्कर आउने टाउँको दुख्ने समस्या हुनु सामान्य कुरा हो । तर यसका कारण दिमाग पनि कमजोर हुन थाल्छ। त्यसैले तपाई प्रोटिनको मात्रा लिँदा डाक्टरको सल्लाह लिन जरुरी हुने गर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *