बालाजुमा ग्याँस बुलेटले च्यापिएर चालकको मृत्यु

स्थानीय

बालाजु औधोगिक क्षेत्रमा रहेको नेपाल ग्याँस उद्योगमा ग्याँस बुलेटले च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी छन् ।

बिहिबार बिहान पौने ३ बजेतिर ग्याँस अनलोड गरेपछि बुलेटको अगाडि भागमा सिसा सफा गरिरहेका चालकलाई अर्को बुलेटले च्यापेको थियो । राजवंशीको घटनास्थलमा मृत्यु भएको र शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको बालाजुका डिएसपी गौतम मिश्रले  बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *